सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने, तर सरकारमा नजाने

काठमाण्डौ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ ।

हिजो बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

एमालेकोसमेत समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गर्नुभएको थियो ।

तर एमाले तयार नभएपछि तेस्रो पटक आज विश्वासको मत लिन प्रदेशसभाको बैठक बोलाइएको छ ।