![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-15-195207.png)
गिरीबन्धु टी–स्टेटको जग्गा कांग्रेसले नै कमिसन खाएर बेच्न दिएकाे हाे : ओली
काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा नेपाली कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाउनुभएको छ ।
एमाले संसदीय दलको आजकाे बैठकमा अध्यक्ष ओलीले कांग्रेसले टी–स्टेटबारे उठाइरहेको कुरा बकबास रहेको दाबी गर्नुभयो । गिरीबन्धु टी–स्टेटको ५१ बिघा र १९ बिघा गरेर ७० बिघा जग्गा कांग्रेसले कमिसन खाएको बेच्न दिएको उहाँकाे आरोप छ ।
ओली प्रधानमन्त्री हुँदा भएको टी–स्टेटको जग्गा सम्बन्धमा भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि एमाले नेतृत्वमाथि प्रश्न उठिरहेका बेला ओलीले भने कांग्रेसलाई नै आरोप लगाउँदै सर्वोच्च अदालतले गरेको फैसलाप्रति पनि असन्तुष्टि जनाउनुभयो । गिरीबन्धुको हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न संसद्ले नै कानुन बनाएको भन्दै त्यसलाई अपरिपक्व भनेर न्यायाधीशहरूले पूर्वाग्रह देखाएको उहाँकाे आरोप छ । ओलीले कांग्रेसका बदमासीहरूकाे बारेमा पनि कुरा उठाउने भन्दै सांसदहरूलाई त्यस्ता कुरा उठाउन निर्देशन दिनुभयो ।
यस्तै एमाले अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने जिकिर गर्नुभएको छ । नेपाली कांग्रेसले विना प्रमाण र कसुर आरोप लगाइरहेको भन्दै ओलीले कांग्रेसले आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद् बैठक अवरुद्ध नहुने दाबी गर्नुभयो ।