किसानहरुलाई १ सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण

काठमाण्डौ । कञ्चनपुको शुक्लाफाँटा नगपालिकाले किसानलाई एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । उत्पादन वृद्धि गरी किसानको आयत बढाउन एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको नगपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षको वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाले ५० पतिशत अनुदानमा किसानलाई धानको बीउ वितण गरेको हो । नगरपालिकाका १२ वटै वडाका सहकारी, समुह कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाका पमुख कनसिंह बुढाऐले बताउनुभयो ।

उहाँकाअनुसार साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल सर्जु बाउन्न ४२ क्विन्टल धानको बीउ किसानलाई वितरण गरिएको हो । वितरण भएको बीउबाट चालिस बिघा खेतमा धान रोप्न पुग्नेछ ।

उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन हरेक वर्ष माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको कृषि शाखाका पमुख बुढाऐले बताउनुभयो ।