आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र गुजरात टाईटन्स खेल्दैछन् । गुजरातको अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

कोलकाता १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेर १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गुजरात १२ खेलमा ५ मा जित र ७ मा हार व्यहोरेर १० अङ्ककासाथ ८ औँ स्थानमा छ । कोलकाताको कप्तानी श्रीयास ऐयर र गुजरातको कप्तानी सुभमन गिलले गर्नेछन् ।