
काठमाण्डौको दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ
काठमाण्डौ । काठमाण्डौको दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गएराति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यसबारेमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिनुभएको छ ।