![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/CIB_WZlTfkGIWz-e1715251551179.jpg)
बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाण्डौ । काठमाण्डौको बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सीआईबीले जिल्ला अदालत काठमाण्डौबाट नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति लिएर पुर्जी जारी गरेको हो ।
२०४९ सालदेखि २५ वर्षसम्म बाल सङ्गठनको अध्यक्ष रहँदा रीता वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवम् कर्मचारीको मिलेमतोमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएको सीआईबीले जनाएको छ । पहिले ५९ वर्षका लागि बालमन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिएको र त्यो जग्गा हिनामिना भइरहेको पाइएको छ ।
बालमन्दिरको जग्गा बृहस्पतिलाई भाडामा दिँदा प्रतिस्पर्धा नै गराइएको थिएन । पहिले भएको सम्झौताको म्याद २०८८ सालसम्म थियो । तर म्याद सकिन १६ वर्षअघि नै २०७२ साल जेठ २१ गते सङ्गठनले थप ४३ वर्ष बृहस्पतिलाई नै दिने सम्झौता गरेको थियो ।