![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-09-125822.png)
सुनको मुल्य तोलामा आठ सय रुपैयाँले घट्यो
काठमाण्डौ । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार छ सय ८५ रुपैयाँ पुगेको छ ।