भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भृकुटीमण्डपस्थित हङकङ बजार व्यवस्थित गर्न निर्देशन दिनु भएको छ।

समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो बताएउनु भएको हो। अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि वेला खतरा निम्त्याउन सक्ने भन्दै उहाले त्यसलाई व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिभएको हो ।

चालू आवमा ४ करोड बजेट रहेको भन्दै उहाले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमी पर्मानेन्ट बनाउनका निम्ति प्रक्रिया अगाडि बढाउन समेत त्यस क्रममा निर्देशन दिनु भयो ।

ुयहाँ भृकुटी मण्डपमा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकाले यो हलको पुनर्निर्माण र स्तरोन्नति आवश्यक छ। त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोला’, मन्त्री चौधरीले परिषद्का कर्मचारीलाई निर्देशन दिँदै भन्नु भयो ।

त्यस अवसरमा समाज कल्याणपरिषद्का सदस्यसचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका जीर्ण संरचना व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।