जगकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट
काठमाण्डौ । धनुषाको जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीलाई मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवालका अनुसार सहकारीका कर्मचारी वीरेन्द्र महतोले जनकपुरमा रहेको हिमालयन बैंकबाट रकम झिकेर मोटरसाइकलमा सहकारीको कार्यालय जाँदै गर्दा रकम लुटपाट भएको हो । भन्दै उहाले अहिले घटनाको अनुसन्धान भइरहेकोे जानकारी दिनुभयो ।