उपनिर्वाचन जित्नु मिसन ०८४ सफलताको सुरुआत : एमाले अध्यक्ष ओली
काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुआत भएको बताउनुभएको छ ।सोमबार वरिष्ठ राजनीतिज्ञ सिसिद्धनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उहाँले मिसन ०८४ लाई सफल पारेर छाड्ने बताउनुभएको हो ।
ओलीले पार्टीले सही बाटो समातेको दाबी गर्दै पार्टी नेतृत्वले गल्ती गरे सच्याएर अघि बढ्ने समेत बताउनु भयो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न भूमिका खेल्न आग्रह गर्दै वामपन्थीहरूलाई पार्टीमा आउन आह्वान समेत गर्नुभयो ।
अध्यक्ष ओलीे नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टीमा आउन राखेको चाहनाबारे खासै जवाफ दिनुभएन् । गौतमले उठाएको कुरामा पछि छलफल गर्ने उहाँको भनाइ छ ।
उहाँले वामदेवले अभिव्यक्त गरेको एकताको भावना सकारात्मक रहेको बताउनु भएको छ ।