बाग्मती प्रदेशमा आजदेखि तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन

काठमाण्डौ ।  बाग्मती प्रदेशमा आजदेखि तामाङ र नेपाल अर्थात् नेवारी भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन भएको छ ।

बाग्मती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० आजदेखि लागू भएको हो ।

यसै अवसरमा आज काठमाण्डौको वसन्तपुरमा विशेष कार्यक्रम भएको छ । बाग्मती प्रदेशकाे संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेवार र तामाङ समुदायका झाँकीसहितको र्‍याली निकालिएको छ । अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्डमा नेपाली भाषासँगै तामाङ र नेपाल भाषा पनि लेखिने छ ।

प्रदेश सरकारले गएको कात्तिकमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा हुने राजपत्रमा प्रकाशन गरेको थियो ।

बाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।