चेन्नाईको पञ्जाबविरुद्ध जित, रविन्द्र जडेजाले लिए तीन विकेट

एजेन्सी । इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित हासिल गरेको छ । चेन्नाईले पञ्जाबलाइ १६८ रनको लक्ष्य दिएको थियो ।

पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा सर्वाधिक ३० रन , शशांक सिंहले २० बलमा २७ रन जोडेका थिए । हरपृत ब्रारले १७ रन र राहुल चहरले १६ रन बनाएका थिए । पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो ।

चेन्नाईको जितमा रविन्द्र जडेजाले तीन विकेट लिएका थिए । यस्तै तुशार देशपाण्डे र सिमरजित सिंहले २–२ विकेट लिए छन् । मिचेल स्यान्टनर र शार्दुल ठाकुरले १–१ विकेट लिएका छन् ।

धर्मशालामा टस हारेर ब्याटिङ गरेको चेन्नाईका लागि ओपनर तथा कल्याण रुतुराज गाइक्वाडले ३२ तथा ड्यारिल मिचेलले ३० रन जोडेका हुन । रवीन्द्र जडेजाले २६ बलमा सर्वाधिक ४३ रन , मोइन अलि र शार्दुल ठाकुरले समान १७ रन बनाएका थिए ।पञ्जावका लागि राहुल चहर र हर्शल पटेलले समान ३–३ विकेट र अर्शदिप सिंहले २ तथा स्याम करनले १ विकेट लिए थिए ।

यस जितपछि चेन्नाई आईपिएलको खेल तालिकामा १२ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ, पञ्जाब भने ८ अंक सहित आठौ स्थानमा झरेको छ । दुवै टोलीले समान ११ खेल खेलेका छन ।