नेकपा एमाले भोजपुरको अध्यक्षमा मकर खड्काको प्यानलै विजयी

काठमाण्डौ । एमाले भोजपुरको अध्यक्षमा मकर खड्काको टिम नै विजयी भएको छ ।अध्यक्ष शरणकुमार राईको प्यानललाई हराउँदै खड्काको प्यानलले नेतृत्व हत्याएको हो । खड्का यसअघि जिल्ला कमिटी उपाध्यक्ष हुनुहुन्थ्यो ।

अध्यक्षमा निर्वाचित मकरले ३१७ भोट पाउँदा शरण राईले २२३ पाउनुभएको छ । दुईजनाबीच ९४ भोटको अन्तर छ ।
उपाध्यक्षमा किरण राई ३११ मत ल्याएर विजयी हुनुभएको छ भने कृपाशुर शेर्पाले २१६ भोट पाउनुभयो । सचिवमा ३४७ भोट ल्याएर एक्सन राई विजयी हुँदा ज्ञानेन्द्र कार्कीले १६८ भोटमात्र ल्याउनुभयो । पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत रहेका एक्सनले पदाधिकारीमा सबैभन्दा बढी मत प्राप्त गर्नुभएको हो ।

उपसचिवमा ३०४ भोट ल्याएर दौलथ कुलुङ राई विजयी हुनुभयो भने जगतबहादुर चौहानले १७३ भोट र साइती राईले ११ भोट प्राप्त गर्नुभएको छ ।

महिला उपसचिवमा रमादेवी राई २९३ भोट ल्याएर विजेता बन्दा मेरिका राई २१६ भोटमा रोकिनुभयो ।
नेतृत्व चयनका लागि ६०८ जना प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गरेका थिए ।