बेंगलुरुको जित, सातौँ स्थानमा उक्लियो बेंगलुरु
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्समाथि जीत हासिल गरेको छ । खेलमा बेंगलुरुले गुजरातलाई ४ विकेटले पराजित गरेको हो ।
बेंगलुरुले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । बेंगलुरुका कप्तान फ्लाप डु प्लेसिसले सर्वाधिक ६४ रन जोडेका थिए ।
टस हारेर पहिला व्याटिङ गरेको गुजरातले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो । जसमा शाहरुख खानले ३७ रन बनाएका थिए ।
जितसँगै बेंगलुरु ११ खेलमा ४ मा जित र ७ मा हार सहित ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा पुगेको छ भने समान खेल र समान अङ्क रहेको गुजरात रनरेटका आधारमा नवौँ स्थानमा रहेको छ ।
आईपीएल तालिका अनुसार आज दुई वटा खेल हुँदै छन् । पहिलो, खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच हुने छ । दोस्रो खेल, लखनउ सुपर जायन्ट्स र कोलकात्ता नाइट राइडर्स बीच हुने छ । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे र बेलुका पौने ८ बजे खेल शुरु हुनेछन् ।