![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-04-091038.png)
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी–२० खेल आज
काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट आज (शनिबार) हुँदैछ ।
खेल कीर्तिपुर मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । पाँच खेलको श्रृङ्खला यसअघि नै वेस्ट इन्डिज ‘ए’ ले ३–१ ले जितिसकेको छ । (बिहीबार) भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो ।
पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भयो । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो ।
यो श्रृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो (शुक्रबार) बिदाइ गरिएको छ । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।