शेयर बजार बढ्यो, उच्च अङ्कले वृद्धि
काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ९३ अङ्कले बढेर दुई हजार छ दशमलव २८ विन्दुमा पुगेको हो ।
मङ्गलबार फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।
कर्पाेरेट विकास बैंक र इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पोखरा फाइनान्स समूहको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि बढेर तीन सय २० वटा कम्पनीका एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।