चौथो शिविरसम्मका लागि सगरमाथा हिमाल आरोहणको बाटो खुल्यो

काठमाण्ठौ । सगरमाथा हिमाल आरोहण सन् २०२४ का लागि वसन्त याममा चौथो शिविरसम्म बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको पर्यटन विभागले जानाकारी दिएको छ ।

यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि अहिलेसम्म ३७ आरोही समूहका तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ ।

मौसमले साथ दिए वैशाख २८ गतेदेखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।