कोलकातासँग दिल्लीको हार, साल्टको अर्धशतक पूरा

एजेन्सी  । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजीत गरेको छ ।

३ विकेट गुमाउँदैे कोलकाताले १६.३ ओभरमा १ सय ५७ रन जोडेका थिए । ओपनर फिल साल्टले ३३ बल खेल्दै ३३ बलमा ७ चौका र ५ छक्का साथ सर्वाधिक ६८ रन जोडेका हुन् ।

जसमा सुनिल नारिनले १५ र रिंकु सिंहले ११ रन जोडेका छन् । सुरेश ऐयर र वैंकेटस ऐयर नटआउट रहर्दै क्रमश ३३ र ले २६ रनमा बनाएका छन् । दिल्लीका अक्षर पटलेले २ र लिजाड विलियम्सले १ विकेट हासिल गरेका छन् ।

टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको गुमाएर १ सय ५३ रन जोडेका थिए । जसमा कुलदिप यादवले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे नआउट ३५ रन जोडेका छन् ।

ओपनर पृथ्वी शाह र जेक फ्रासेरले क्रमशः १३ र १२, अभिषेक पोरेलले १८, अक्षर पटेलले १५ रन जोडेका थिए । कप्तान रिसभ पन्तले २७ रन जोडेका छन् ।

कोलकाताका वरुण चक्रवर्तीले ३, वैभव अरोरा र हर्षित रानाले समान २ तथा मिचेल स्टार्क, सुनिल नारिनले समान १ विकेट हासिल गरेका छन् ।

आइपिएलको तालिकामा राजस्थान रोयल्स १६ अंक, १२ अंकसहित कोलकाता क्रमशः पहिलो र दोस्रो स्थानमा छ । तालिकामा दिल्ली ११ खेलमा १० अंकसहित छैटौं स्थानमा रहेको छ ।

आइपिएलको तालिका अनुुसार मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।