इलाम–२ उपनिर्वाचनमा सुहाङको अग्रता कायमै

काठमाण्डौ । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ८४४ मत पाएका छन् ।

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६६२ मत प्राप्त गरेका छन् ।

रास्वपाका मिलन लिम्बूले १ हजार २६९ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।