जापानी परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने

काठमाण्डौ । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउनुहुने भएको छ । जापानको विदेश मन्त्रालयले सूचना निकालेर खामिखावाले आउँदो मे ५ तारिख अर्थात् वैशाख २३ गते नेपाल भ्रमण गर्ने जानकारी दिएको हो ।

गएको बिहीबार नै विदेश भ्रमणामा निस्कनुभएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिखमा श्रीलङ्काको राजधानी कोलम्बो पुग्ने कार्यतालिका छ । श्रीलङ्काबाट मे ५ तारिखमा नेपालको सङ्घीय राजधानी काठमाण्डौमा अवतरण गर्ने जापानको विदेश मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।