
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन काठमाण्डौमा सुरु
काठमाण्डौ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन काठमाण्डौमा सुरु भएको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आयोजित लागनी सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो ।
सम्मेलनमा पालिका, प्रदेश, संघ र निजी क्षेत्रका गरी एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका एक हजार ६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ ।
उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश रहेको बताउनुभयो । उहाँले दुई दिनसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको पनि बताउनुभयो ।