काठमाण्डौ महानगरले देशभरका गरिब तथा अशक्त नागरिकलाई निःशुल्क उपचार दिने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निःशुल्क उपचार हुने बताउनुभएको छ ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाण्डौ महानगर आउन अनुरोध गर्नुभएको हो ।

महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निःशुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उहाँले बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुने बताउनुभएको छ ।