
नेपालले र वेस्ट इन्डिज ‘ए’को खेल सवा १२ बजेबाट सुरु हुने
काठमाण्डौ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी(२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।
शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । टी(२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी(२० खेल खेल्न लागेको हो ।