मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गर्नुभएको छ। सामाजिक सञ्जालमा शुक्रबार कवितासंग्रहको एक तस्विर सार्वजनिक गर्दै मेयरले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवादसमेत दिनुभएको छ।

‘अश्र’मा बालेनले रचना गरेका एक सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहको पहिलो खण्डमा प्रेम, दोस्रोमा प्रेम–वियोग, तेस्रोमा राजनीति र चौथोमा दर्शनसम्बन्धी छोटा–छोटा कविता समावेश छन् ।

कविता संग्रहका हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि समावेश गरिएका छन् । ६६६ रुपैयाँ मूल्यको कवितासंग्रह बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । कवितासंग्रह शनिबारदेखि बजारमा उपलब्ध हुने मेयर बालेनले बताउनभएको छ ।