पार्किङ ब्रेकमा समस्या देखिएको न्यारो बडी नेपाल आउने, नियमित उडान गर्नै
काठमाण्डौे । पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने निगमले बताएको छ ।
इन्जिन मर्मतका लागि इजरायल पुगेको जहाज, सोमबार नेपाल आइपुग्नुपर्ने उडान तालिकामा थियो ।निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले जहाज पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको जहाज इन्जिन मर्मतपछि नेपाल आउन तयार रहेको तर जहाजको पार्किङ ब्रेकमा देखिएको समस्या देखिएको बताउनुभयो ।
उक्त समस्या समाधान भएर आइतबारदेखि नियमित उडान हुने एक साता ढिलो गरी नेपाल आउन लागेको उनले बताउनुभयो ।इजरायलबाट दुबई हुँदै नेपाल जहाजले दुबईबाट यात्रुसहित व्यावसायिक उडान गरेर नेपाल आउने उनले जानकारी दिनुभयो ।
सो जहाज पुस २६ गते इजरायल पठाउनुअघि उक्त जहाज झन्डै डेढ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको र सातामा दर्जनौँ उडान कटौती गर्दै आएको जानकारी निगमले जानकारी गराएको छ ।