कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ। संविधानको धारा १०६८ (४) अनुसार मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिनुभएको हो ।

विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिएका भने प्रस्तावको विपक्षमा १२ सांसदले मतदान गरेका छन् ।

विश्वासको मत लिने प्रस्तावमा ३५ जना मतदानमा सहभागी भएका थिए। एक जना मात्र सदस्य रहेको राप्रपा तटस्थ बसेको छ।

चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कँडेलले यसअघि मन्त्रालय भागबन्डाको विषयमा सत्ता साझेदार दलबीच सहमति नहुँदा विश्वासको मत लिनुभएको थिएन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा (एमाले) का १० (समामुखसहित), माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, राप्रपा र समाजवादीका १÷१ जना गरी हाल ३९ जना सांसद छन्।

नेपाली कांग्रेसका १५ सांसद रहेकोमा एक जना निलम्बनमा छन्। विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता भएपछि संसदीय दलका नेता जीवनबहादुर शाही चैत २२ गतेदेखि निलम्बनमा परेका हुन ।