सोलुखुम्बुमा पाँच वटा घर जल्दा आगलागीबाट ५३ लाख रुपैयाँ बराबरको क्षति
काठमाण्डौ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच वटा घर जलेका छन् ।
गाईखर्क सामुदायिक वनमा हिजो लागेको डढेलो बस्तीमा छिर्दा पाँच वटा घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको घर आगोले जलेर नष्ट भएको हो ।
आगलागीबाट ५३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।