जेठ १ गतेदेखि तनहुँको व्यास नगरपालिकामा प्लास्टिक झोला निषेध
काठममाण्डौ । आउँदो जेठ १ गतेदेखि तनहुँको व्यास नगरपालिकाले नगरभित्र प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।
जेठ १ गतेदेखि नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ सबै प्रकारका प्लास्टिकका झोला प्रयोग गर्न पूर्णरूपमा निषेध गरिएको हो । मेयर वैकुण्ठ न्यौपानेले नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरेकोे जानकारी दिनुभयो ।
न्यौपानेले नगरवासीलाई सामान खरिद गर्दा कपडा, फाइबर, जुट र कागजको झोलामात्र प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
व्यापारीलाई प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोलामात्र बिक्री÷वितरण गरी प्लास्टिक झोलामुक्त व्यास नगर बनाउने अभियानलाई सफल बनाउन उहाँले सबैमा अपिल गर्नुभएको छ ।
विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकका झोला बढी प्रयोग हुने हुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न नगरपालिकाले आग्रह गरेको छ ।
प्लास्टिक झोला प्रयोग गरेको पाइए वा बिक्री÷वितरण गरेको पाइएमा प्लास्टिक झोला जफत गरी जरिबााना गरिने नगरपालिकाले जनाएको छ ।