स्टोइन्सको शतकको मदतले चेन्नईमाथि लखनउको शानदार जित

काठमाण्डौ । स्टोइन्सको शतकको मदतले चेन्नईमाथि लखनउले शानदार जित निकालेको छ ।

मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले जित हासिल गरेको हो ।

२ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित प्राप्त गरेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय २४ रन बनाउँदै टोलीलाई जित हासिल गराएका हुन् ।

साथै निकोलस पोरनले ३४, दीपक हुड्डाले नकआउट १७ रन, कप्तान केएल राहुलले १६ र देवदत्त पडिकलले १३ रन बनाइ साथ दिएका थिए ।
टस हारेर ब्याटिङको आमन्त्रण पाएको चेन्नईले कप्तान रितुराज गायकवाडको शतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । गायकवाडले नटआउट रहँदै  ६० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गर्दै १ सय ८ रन जाडे । मथिसा पथिरानाले २, दीपक चहर र मुस्ताफिजुर रहमानले समान १ विकेट लिएका छन् ।

रनआउट हुनुअघि शिवमले २७ बलमा ७ छौंका र ३ चोका साथ ६६ रन बनाए साथै रविन्द्र जडेजाले १६ र ड्रेल मिचेलले ११ रन जोडेका छन् । नकआउट रह्दै महेन्द्रसिंह धोनीले १ बलमा १ चौका प्रहार गरेका छन् ।

लखनउका लागि म्याट हेनरी, मोसिन खान र यश ठाकुरले समान १ विकेट लिएका छन् । यस जितसँगैले लखनउ १० अंकसहित चौथो स्थान हासिल गरेको छ । लखनउले ८ खेलमा ५ जित र ३ हारको नतिजा निकाले हो ।

दोस्रोमा कोलकाता नाइट राइडर्स र तेस्रोमा सनराइजर्स हैदरावादको पनि समान १० अंक रहेको छ । ८ अंकका साथ चेन्नई पाँचौं स्थानमा रहेको छ भने १४ अंक सहित राजस्थान रोयल्स शीर्षस्थान रहेको छ ।

आइपिएल खेलको तालिका अनुसार बुधबार दिल्ली क्यापिटल्स र गुजराज टाइटेन्स बीच प्रतिस्पर्धा रहेको छ ।