सहकारी ठगेर भागेकाको सम्पत्ति बेचेर बचत फिर्ता गर्छौँ ः गृहमन्त्री लामिछाने

काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने बताउनुभएको छ ।

इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले प्रधानमन्त्रीलाई पनि यसबारे जानकारी गराएर आफूले काम गरिरहेको जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, “विपक्षीहरुले सहकारी ठगीबारे हल्ला गर्दै हिँड्नुभयो, हामी काम गर्दैछौँ । चाँडै नै नीति ल्याएर, कानुनमा आवश्यक संसोधन गरेर सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना बचतकर्ताको तिर्न सुरु गरिने छ । यो कुराको जानकारी प्रधानमन्त्रीलाई गराएको छु ।’

गृहमन्त्री लामिछानेले पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता पनि व्यक्त गर्नुभयो ।