प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली केही समयअघि सिंहदरबारमा पुग्नभएको हो ।

उहाँहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि सत्तागठबन्धन घटक दलका नेताको असन्तुष्टिको विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

यस्तै, भेटमा सरकारले ल्याउने आगामी वर्षको बजेट साथै नीति तथा कार्यक्रमको विषयमा पनि छलफल हुने बताइएको छ । सरकारले संघीय ससंद्को बजेट अधिवेशन बोलाउने तयारी पनि गरेको छ ।