जनकपुरको एक गेष्ट हाउसमा महिला र पुरूष मृत भेटिए

काठमाण्डौ । जनकपुरको रमानन्दचोकमा रहेको होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खट्टाकी अन्दाजी २५ वर्षीय प्रियंका कापर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवैजनाको शव झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बतानुभयो ।

कोठाभित्र महिलाकी साढे २ वर्षकी बालिका रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि गेष्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।