
मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
काठमाण्डौ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।
यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए ।