कोशीको दोस्रो जित
काठमाण्डौ । कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा दोस्रो जित हासिल गरेको छ । कर्णाली प्रदेश रंगशालामा सोमबार कोशीले सुदूरपश्चिम प्रदेशलाई २–१ ले हराएको हो ।
कर्णालीलाई जित दिलाउन दुवै गोल समिक्षा मगरले गरिन्। नवौं मिनेटमा समिक्षाले पहिलो गोल गरेकी थिइन्। इन्ज्युरी समयमा उनले अर्को गोल गरेपछि कोशी पहिलो हाफमा २–० ले पराजित गरेको हो ।
दोस्रो हाफ सुरू भएको चौथों मिनेटमा यशोधा कुमारी चिरालले गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने संकेत दिइन्। तर त्यसपछि गोल भएन ।
कोशीले आफ्नो पहिलो खेलमा कर्णालीलाई ३–० ले हराएको थियो। आजै अर्को खेल कर्णाली र मधेश प्रदेश बीच भएको छ। छनोट प्रतियोगितामा ७ प्रदेशको सहभागीता रहेको हो ।