आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी

काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाईटन्सले पञ्जाब किंग्सलाई तीन विकेटले हराएको छ ।

गएराति भएको खेलमा पञ्जाबले दिएको एक सय ४३ रनको लक्ष्य गुजरातले पाँच बल बाँकी छँदै सात विकेट गुमाएर भेट्टायो  । गुजरातका लागि राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाए । कप्तान शुभमन गिलले ३५ रन बनाए  । पञ्जाबका लागि हर्शल पटेलले तीन विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा एक सय ४२ रन बनाएको थियो । पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाए ।

हरप्रित ब्रारले २९ रन जोडे । गुजरातका साई किशोरले पाँच विकेट लिए । यो जितसँगै गुजरात आठ खेलमा आठ अङ्कसहित छैटौं र पन्जाब आठ खेलमा चार अङ्कसहित नवौं स्थानमा छ । यसअघि हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेनजर्स बेंगलूरुलाई एक रनले हराएको छ ।

कोलकाताले दिएको दुई सय २३ रनको लक्ष्य पछ्याएको बेंगलुरुले २० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २१ रन बनाउन सक्यो । बेंगलुरुका लागि विल ज्याक्सले सर्वाधिक ५५ रन बनाएका थिए । कोलकाताका लागि आन्द्रे रसेलले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा छ विकेट गुमाउँदै दुई सय २२ रन बनाएको थियो । कोलकाताका लगि कप्तान श्रेयस ऐयरले ५० रन बनाए । फिल साल्टले ४८ रन जोडे ।

बेंगलुरुका लागि यश दयाल र क्यामरन ग्रीनले २–२ विकेट लिए । कोलकाता सात खेलमा १० अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । बेंगलुरु आठ खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्स खेल्दैछन् । जयपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हुने छ  । त्यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा एक सय ४२ रन बनाएको थियो । पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाए ।  हरप्रित ब्रारले २९ रन जोडे । गुजरातका साई किशोरले पाँच विकेट लिए ।

यो जितसँगै गुजरात आठ खेलमा आठ अङ्कसहित छैटौं र पन्जाब आठ खेलमा चार अङ्कसहित नवौं स्थानमा छ । यसअघि हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेनजर्स बेंगलूरुलाई एक रनले हराएको छ ।कोलकाताले दिएको दुई सय २३ रनको लक्ष्य पछ्याएको बेंगलुरुले २० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २१ रन बनाउन सक्यो ।

बेंगलुरुका लागि विल ज्याक्सले सर्वाधिक ५५ रन बनाएका थिए । कोलकाताका लागि आन्द्रे रसेलले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा छ विकेट गुमाउँदै दुई सय २२ रन बनाएको थियो । कोलकाताका लगि कप्तान श्रेयस ऐयरले ५० रन बनाए । फिल साल्टले ४८ रन जोडे ।

बेंगलुरुका लागि यश दयाल र क्यामरन ग्रीनले २–२ विकेट लिए । कोलकाता सात खेलमा १० अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । बेंगलुरु आठ खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्स खेल्दैछन् । जयपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हुने छ ।