रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाण्डौ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
आज सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट चौधरीे सर्वसम्मतीले अध्यक्षमा चयन हुनुभएको थियो । उहाँ अध्यक्षमा निर्वाचन भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकार गरेको थियो ।
त्यस्तै, निर्वाचन आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । आयोगको सोही निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।