राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने

काठमाण्डौ।  नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक भोलिदेखि सुरु हुने भएको छ।

कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा एमालेले वैशाख ८ देखि १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा बैठक बस्न लागेको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। राजनीतिक प्रतिवेदनले पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयको निक्र्याेल गर्ने उहाँको दावी थियो ।

विगतको गठबन्धन सरकारका कारणले मुलुकले विभिन्न चुनौतीको सामान गरिरहेको बातउनुहुँदै मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशा दिने जुन प्रयत्न छ त्यसको संलेषण राष्ट्रिय महाधिवेशन परिषदको बैठकबाट गरिने उहाँले बताउनुभयो ।

बैठकमा एकजना विशिष्ट व्यक्तिलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरिने उहाँले जानकारी दिनुभयो बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुन पोखरेलले बताउनुभयो ।