हत्या अरोपमा सात जना प्रहरीको नियन्त्रणमा

काठमाण्डौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा अमन गुरुङकोे हत्या गरेको आरोपमा तनहुँ प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरी विवाद हुँदा गोरखाका सहिद लखन गाउँपालिका–३ बस्ने १८ वर्षीय अमन गुरुङलाई आँबुखैरेनी–३को पुरानो कोट जङ्गल भिरबाट ११० फिट तल चन्दनी खोल्सामा खसाली हत्या गरिएका थियो ।

उक्त घटनाको किटानी जाहेरीका आधारमा सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिनुभयो ।

सातै जना उपर ज्यान सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट शुक्रबार पाँच दिनको म्याद थप लिई अनुसन्धान भइरहेको रायले जानकारी दिनुभयो ।