८५० ग्राम सुनसहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन ।

शुक्रबार दिउँसो १ः४५ बजे थाई एयरमार्फत् काठमाडौं आइपुगेकी भारतीय नागरिक सहिना पर्विनलाई ८५० ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार सहिनाले अर्धठोस सुन कालो टेपले बेरेर ल्याएकी हुन्।