
पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश
काठमाण्डौ । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएका छन् ।
रुपन्देही जिल्ला जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद उप्रेतीको इजलासले दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । इजलाशले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ ।
अदालतले दीपेश पुनबाट ४ लाख, नविन अछामीबाट १० लाख, लिला चापागाईंबाट १८ लाख, दीपक न्यौपानेबाट ४ लाख ४५ हजार, निता थापा मगरबाट २ लाख र रोशनी गुरुङबाट २ लाख धरौटी माग गरेको रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनुभयो ।