नेपालमा पहिलोपल्ट सिरिन्ज उत्पादन शुरु

काठमाण्डौ ।  फरच्युना हेल्थ केयरले नेपालकै पहिलोपल्ट सिरिन्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणासहितको टोलीले मेडिकलजन्य सामग्री सिरिन्ज उत्पादन शुरु गर्नुृभएको हो ।

ललितपुरको चुनिखेलमा स्थापना गरेको सिरिन्ज उद्योगको उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज उदघाटन गर्नुभएको छ । उदघाटनसँगै फरच्युना ब्रान्ड नाम गरेका सिरिन्ज बिक्री÷वितरणसमेत शुरु भर्नुभएको छ ।

उतm उत्पादन अन्तर्राष्ट्रियस्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री बिक्री तथा वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रालीकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभएको हो ।

वर्षमा ५७ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सिरिन्ज आयात भइरहेको छ । १७ भन्दा बढी देशबाट आयात हुने सिरिन्जको गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीले दुःख पाइरहेका कारण गुणस्तरीय सिरिन्ज उत्पादन गर्न थालेको राणाले बताउनुभयो ।

देशमा आवश्यक हुने सिरिन्ज उत्पादन गर्नसक्ने पूर्ण क्षमता रहेको दाबी पनि गर्नुभयो ।