एसीसी प्रिमियर कप : नेपाल यूएईसँग सेमिफाइनलमा ६ विकेटले पराजित

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टाएको थियो । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।

ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । नेपालका सन्दीप जोराले ४० बलमा अर्धशतक बनाए । उनी ५० रन बनाएर आउट भए ।

यस्तै गुल्सन झाले २० र करण केसीले १७ रन बनाए । यसैगरी कुशल भुर्तेल पहिलो बलमै आउट भए । अन्य ५ जना ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यूएईका जुनैद सिद्दिकी, अली नसीर र बसिल हमीदले समान २ विकेट लिए ।

एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा आजै ओमान र हङकङ खेल्दैछन् । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । तेस्रो स्थानको खेल भोलि (शनिबार) र फाइनल खेल आइतबार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।