आज साढे १९ अङ्कले घट्यो शेयर बजार
काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । नेप्से आज १९ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेकोे र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ ।
आज ५३ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ३६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख रुपैयाँको शेयर खरिदविक्री भएको छ ।