मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत
काठमाण्डौ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा जम्मा ६१ मत परेको थियो ।
१०७ सदस्यीय प्रदेशसभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरे पनि यादवलाई बैठकमा उपस्थित सबै ६१ प्रदेशसभा सदस्यको मत प्राप्त भएको थियोे ।
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवलाई जसपा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ ।