सुदूरपश्चिम मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि सार्ने एकीकृत समाजवादीको निर्णय
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि सार्ने निर्णय गरेको छ ।
आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको रूपमा अघि बढाउने निर्णय गरेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ ।
सुदूरपश्चिममा यसअघि नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति परिवर्तन गरी सत्ता गठबन्धनले पुनः एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको हो ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिका चार सांसद छन् । त्यहाँ सोडारी संसदीय दलका नेता रहेका छन । मुख्यमन्त्री बन्ने भएपछि सोडारीले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बन्नका लागि दिएको समर्थन मंगलबार फिर्ता लिएका छन ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिका दुई सांसदहरू लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्री दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीमा प्रक्रिया नपुगेको भन्दै पुनः दाबी पेस गर्न भोलिसम्मको समय दिनुभको हो ।