
एसीसी प्रिमियर कप क्रिकेट : नेपालद्वारा साउदी ६ विकेटले पराजित
काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ ।
आज भएको खेलमा साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
उसका लागि अब्दुल वासिदले १६ बलमा ३७ रन बनाए । अरू कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी र अविनाश बोहराले सामान दुई तथा प्रतिश जिसी र ललित राजवंशीले सामान एक विकेट लिए ।
नेपाल लगातार तीन खेल जितेर समूह विजेता बनिसकेको छ । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ ।
यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।