
साउदीविरुद्ध नेपाललाई पहिलो सफलता, करण केसीले लिए पहिलो विकेट
काठमाण्डौ । साविक विजेता नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरबविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै छ।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्ड ९मिनिस्ट्री टर्फ २० मा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
बलिङ गरिरहेको नेपालले पहिलो ओभरमै विकेट लिएको छ। तीव्र गतिका बलर करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन्।
उनले आफ्नो ओभरको दोस्रो बलमै ओपनर फैसल खानलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए। खानले २ बलमा १ छक्का प्रहार गरे।