अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ ।
दाहालले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरुलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको र सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरुले लिन आवश्यक नरहेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न नहुने पनि बताउनु भयो ।
सरकारले उद्योगी, व्यवसायीहरुको सुझावलाई गम्भीरताका साथ लिएको पनि बताउनुभयो ।