उपनिर्वाचन : मतपत्र आज जिल्ला पठाइने

काठमाण्डौ ।  निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज जिल्लामा मतपत्र पठाउने भएको छ ।

आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मतपत्र पठाउन लागेको आयोगले बताएको हो । नमुना मतपत्र आयोगको वेबसाइटमा राखिएको छ ।

प्रतिनिधिसभा अन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको आयोगले जनाएको छ ।

इलाम–२ मा १९ उम्मेदवार र एक लाख १५ हजार ८९ मतदाता रहेका छन् । यस्तै बझाङ–१ (क) मा ११ उम्मेदवार रहेका छन् भने ६१ हजार ७४ मतदाता छन् ।