
आज रामनवमी पर्व मनाइँदै, आज सार्वजनिक बिदा
काठमाण्डौ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर आज रामनवमी पर्व मनाइँदैछ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ ।
मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्छ । यो मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजा गर्छन् ।
रामनवमीका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।